पृथ्वीनारायण शाहको कहानी ( जनता को कलम बाट जस्ता को त्यस्तै )
सबै साशकले आफनै अनुकुलको ईतिहांस लेख्छन् । सत्य र सही ईतिहास त्यो हुन्छ जसले सबै व्यक्ति, घटना र परिघटनाको असल र खरब दुवै गुणबारे निस्पक्ष भएर लेखिएको हुन्छ । नेपालमा पृथ्वी नारायण शाहदेखि गणतन्त्र नेपालका शासकले आफ्नै अनुकुल ईतिहास लेख्नै क्रममा धेरै सत्य तथ्यहरु लुकाइएको पाईन्छ । उदाहरणको लागि
१ पृथ्वीनारायण शाहले लेखेको ईतिहासमा कताकथित एकीकरणको नाममा युद्ध हारेको प्रतिशोध लिन आदिवासी जनजाति नेवार समुदयको निर्मम हत्याको तथ्य उल्लेख गरिएको छैन ।
२ निरंकुश पञ्चायती राजाले लेखेको ईतिहासमा देशद्रोही र अराष्ट्रिय तत्वको नाममा हजारौ प्रजातन्त्रीवादीहरुको हत्या र जेलमा दिएको पीडा यातनाबारे लेखिएको छैन ।
३ वहुदलिय प्रजातन्त्रले लेखिएको ईतिहासमा नेपालमा आदिवासी जनजाति, मधेशी, दलित र मुश्लीममाथी भई रहेको विद्यामान जातीय, धार्मिक, भाषिक, आर्थिक, सामाजिक तथा राजनीतिक विभेदबारे उल्लेख भएको छैन । पहिचान सहितको सङघीयताको लागि आदिवासी जनजाति र मधेशीले गरेका ऐतिहासिक आन्दोलनबारे केही लेखिएको छैन ।
४ गणतन्त्र नेपालले लेख्ने ईतिहासमा र नेपाली सेनाको सुराकी गरेको आरोपमा माओवादीले माओवादीको सुराकी गरेको आरोपमा नेपाली सेनाले १३ हजार सर्वसाधारण नेपाली जनताको हत्या भएको र लाखौले भोगेका पीडाहरु लेखिन्दैन होला । गणतन्त्रको युगमा राजा ल्याउने राजतन्त्रवादी कमल थापाको राजनीतिक अभियान र हिन्दु धर्मको नाममा नारायणहिटीमा फर्कने ज्ञानेन्द्र शाहको सपनाबारे केही उल्लेख हुने छैन ।
पृथ्वीनारायण शाहको ईतिहासमा नलेखिएका घटना र पात्रहरु
सत्य नं १ : नेवार समुदयको नाक कान काटेको
किर्तिपुरमा ३ पटक युद्ध हारेको आक्रोश र प्रतिसोधको भावनले ग्रसित पृथ्वी नारायण शाहले किर्तिपुरका नेवार समुदयको नाक कान काटेको सत्य घटनालाई सबै ईतिहासकारले स्वीकारेकाछन् । ईतिहासकारहरु बीचको विवाद कति धार्नी नाक कान काटेको हो भन्नेमा मात्र छ कसैले १० कसैले १२ र कसैलै १७ धार्नीको दावी गरेकाछन् तर १० धार्नी भन्दा कम कसैले दावी गरेका छैनन् ।
सत्य नं २ : आफ्नै सहयोगी र समर्थकहरुको हत्या र सर्वश्वहरण
ललितपुरमा ५ प्रधान नेवार मन्त्रीहरुले पृथ्वी नारायण शाहालाई राज स्वीकार गरे पछि कान्तिपुर (हालको काठमाडौ) बाट घर फर्कन्द बाटोमा मारेर उनीहरुको सबै सम्पत्ति सर्वश्वहरण गरेको थियो ।
सत्य नं ३ : विदेशी शासक र व्यपारीको सहयोगमा अरु राज्यमाथी अक्रमण
भारतबाट ल्याएको १२०० सैनिकको सहयोगमा किर्तिपुरमा प्रथम पटक हमला गरेको र सन १९७१ मा ईटालीको शासक र यूरोपियन व्यापरीहरुले ल्याई दिएको हतियारको प्रयोग गरेर किर्तिपुर सहित अन्य राज्य माथी अक्रमण गरेर कब्जा गरेको थियो ।
सत्य नं ४ : पुरातात्वीक १ हजार ग्रन्थहरु जलाए
भक्तपुरमा हातले लेखेका १ हजार तन्त्रशास्त्र, रसयानशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शव्दविद्या ग्रन्थ जलाएर नष्ट पारेको थियो ।
सत्य नं ५ : नेपाललाई हिन्दु राज्य बनाए
ललितपुरमा १२ क्रिष्टीयनलाई देश निकाल गरेर र बौद्ध मार्गीहरु माथी धार्मिक दमन र बौद्ध धर्मका ग्रन्थहरु मुर्तीहरु नष्ट गरेको थियो । पशुपति भित्र भएका बुद्धका मुर्तीहरु ग्रन्थहरु झिकेर वागमती नदीमा फालेका थिए । पृथ्वीनारायण शाहले नै नेपाललाई हिन्दुकरण गरेको थियो ।
सत्य नं ६ : भक्तपुरमा सिङ्ग्रै गाउँ जलाए
भक्तपुर गौकोट हमला गर्दा त्याहाँको गाउँलेहरुको सशक्त प्रतिकारमा पृथ्वी नारायण शाहको ३३२ सेनारको मृत्यु भएको आक्रोशमा युद्ध जिते पछि सिङ्गै गौकोट गाउँ नै आँगो लगाएर जलाएका थियो ।
सत्य नं ७ : एकीकराण लागि होईन आर्थिक लाभको लागि अक्रमण
वाईसे चौविसे राज्यमध्ये अति सानो आकार, अति कमजोर आर्थिक अवस्था र १ हजार पनि सेना नभएको गोरखाको राजा पृथ्वीनारायण शाहले आर्थिक रुपले समृद्धिशाली राज्यबाट आर्थिक लाभ लिन अरु राज्यहरु कब्जा गरेको थियो । पृथ्वी नारायण शाहको दिव्य उपदेशमा एकीकरण गर्नु पर्नेबारे कतै पनि उल्लेख नभएकोले यो तथ्यलाई पुष्टी गर्दछ ।
सत्य नं ८ : नेपाल भनेको काहाँ पर्छ पृथ्वीनारायण शाहलाई थाहा थिएन
मकवानपुरमा ससुरालमा साढुदाई दिगबन्ध सेनसंग विवाद भए पछि घर फर्कने क्रममा पर्वत पुगेका थिए । पवर्तमा पृथ्वीनारायण शाहले आफुसंग आएको भानु जैसी र कुलानन्द जैसीलाई नेपाल भनेको काहाँ पर्छ भनेर सोधे पछि उनीहरुले भादगाउले (भक्तपुर), ललितपुर र कान्तिपुर (काठमाडौ) लाई देखाए नेपाल चिनाएका थिए ।
सत्य नं ९ : जैसी, मामा र सीमरक्षकको सल्लहा पछि काठमडौ उपत्यकमा आक्रमण
काठमाडौ उपत्यकाको कला कौशाल भरिपुर, दरवार, ठूला ठूला घर, मन्दीर भौतिक विकासको रुपमा पानीको ईनार, कुवा, बाटो र सडक साथै तिब्बतसगको व्यापर र आर्थिक समृद्धि कब्जा गर्ने पृथ्वीनारायण शाहको गिध्दे ईच्छालाई भानु र कुलानन्द जैसी, आफ्नै मामा र सीमरक्षकहरुले प्रोत्साहित गरे पछि पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका आक्रमण गरेको थियो ।
सत्य नं १० : मगर प्रमुखको छाला काढेर यातना दिए
नुवाकोट जितेपछि वेलकोट अक्रमण गर्दा पृथ्वीनारायण शाहको धेरै सेनाको मृत्यु भए पछि युद्धा छाडेर फर्केका थिए । तर पछि कालु पाँडेको सहयोगमा युद्ध जिते पछि वेलकोटका प्रमुख जयन्त रानालाई समातेर छाला काढेर यातना दिएको थियो ।
(Source of this article: From Facebook
Post URL: https://www.facebook.com/groups/khulla.bahas/permalink/591799744237516/ )
0 comments:
Post a Comment