Friday, February 21, 2014

Reality of Federalism (Part 2)

के संघियताले साचै देश बिखन्डन गर्छ त ? के जातीय पहिचान सहितको संघियताले साचै देश टुक्रयाउछ त ?

हाम्रो देशमा संघियताले देश विखण्डन हुन्छ (नेपाल टुक्रिन्छ) भनेर भ्रम फिजाउनेहरु पनि धेरै रहेका छन् जस मध्य चित्र बहादुर केसीको जनमोर्चा मुख्य हो भने जातीय पहिचान सहितको संघियता हुदा देश बिखन्डन हुन्छ भन्ने तर्क दिने नेपाली कांग्रेस र नेकपा एमाले सहायक हुन !!

Symbol of Federalism

के संघियताले साचै देश बिखन्डन गर्छ त ? के जातीय पहिचान सहितको संघियताले साचै देश टुक्रयाउछ त ? यी प्रश्नहरुको सत्य तथ्य जवाफ खोज्नै पर्ने भएको छ त्यसैले कस्तो संघियताले देश टुक्रयाउछ र कस्तो संघियताले देश बलियो बनाउछ भन्ने बारेमा यहाँ छोटो चर्चा गर्दछु ! यसको बारेमा बिस्तृत लेख (देशहरुको ईतिहाससहितको उदाहरण समेटेर) केही समय पछी पोस्ट गर्नेछु !!

बिश्वमा संघीय राज्यहरुको निर्माण दुई किसिमले भएको पाइन्छ ! पहिलेका स्वतन्त्र राज्यहरुले आपसमा समझदारी , सम्झौता वा सन्धि गरेर संघ निर्माण गरेका थिए ! यस्तो संघीय राज्याहरुमा संयुक्त राज्य अमेरिका , स्विट्जरल्यान्ड , अस्ट्रेलिया , सोभियतसंघ लगायतका पुराना संघीय राज्यहरु पर्दछन् ! यसलाई राज्यहरु संगै आउने बिधि (Coming Together) पनि भनिन्छ !

अर्को पहिले एउटै एकाइको रुपमा शासित हुदै आएको एकात्मक राज्यहरुलाई बिभिन्न उप एकाइहरूमा बिभाजन गरी केन्द्र र प्रदेश बीच अधिकारको बाडफाड सहित संरचना खडा भएका छन् ! यस्तो संघीय राज्यहरुमा भारत , बेल्जियम , स्पेन , अस्ट्रेलिया आदि छन् ! यसलाई जातिगत , भाषिक एबं धार्मिक , भौगोलिक बिबिधता बीच राज्यलाई खण्डित हुन बाट जोगाउन राज्यलाई संगै राख्ने बिधि (Holding Together) पनि भनिन्छ ! त्यसैले संघियतालाई जाती , भाषा , सस्कृति , ईतिहास र बिबिधता सम्बन्धि समश्यालाई सम्बोधन गर्ने सबै भन्दा राम्रो राज्ययन्त्र मानिन्छ !अहिले हाम्रो नेपाल पनि यहि बिधि बाट संघिय प्रणाली तिर जादैछ !

संसारमा सुरुमा एक आपसमा आबद्द (Coming Together) भएर संघीय राज्य बन्यो ! यसको मुख्य कारण सामुहिक सुरक्षा र आफ्नो उत्पादनका लागी आवश्यक बजारको सृजना गर्नु थियो ! पछिल्ला दशकहरुमा नेपाल जस्तै एकात्मक बहुजातीय राज्यहरुमा देखा परेको जातीय , भाषिक र क्षेत्रीय द्वन्दहरुको कारण देशमा संकट देखा परेकोले देश बिभाजनलाई रोक्न नै संघियताको सुरुवात भएको हो ! यसरि पछिल्ला दशकहरुमा (Coming Together) बिधिबाट पनि संघीय राज्यहरु निर्माण हुन थाले ! यदि संघियता नअपनाएको भए युरोपका स-साना भूगोलको सिको गर्दै स्पेन र बेल्जियम अहिले जातीय आधारमा टुक्रीसकेको हुन्थ्यो ! अहिले पनि त्यहाँ समस्याहरु पुरै समाधान त भएका छैनन तर संघियता एक हदसम्म त्यसलाई मिलाउन सफल भएको छ ! फरक फरक पहिचान भएका मुलुकहरुमा संघियता छोडी एकात्मक देश बनाउने बितिक्कै इथियोपिया , मेक्सिको आदि देशको बिभाजन भयो जसबाट बुझ्न सकिन्छ की धेरै थरि पहिचान भएका देशको कुनै एकल जातीय समूहले अरु सबै माथि आफ्नो पहिचान , मान्यता र दृष्टिकोणहरु लाद्न थाले पछी त्यहाँ द्वन्द हुन्छ र देश बिभाजन हुन्छ !

हाम्रो छिमेकी मुलुक भारतमा पनि जुहारलाल नेहरुले मुस्लिक पहिचानको आधारमा राज्य निर्माण गर्न नमान्दा पाकिस्तान स्वतन्त्र हुन पुगे भने पाकिस्तानले पनि भाषिक पहिचानलाई अस्विकार गर्दा टुक्रेर बंगालदेश बन्न पुग्यो ! बहुपहिचान भएका संघीय राज्यहरुमा पनि केन्द्रीकरण गर्न खोज्दा धेरै देशमा समस्याहरु जन्मिएका छन् ! नेपालमा लामो समय देखि जातीय , भाषिक र क्षेत्रीय उत्पीडन रहेको र त्यो निरंकुसतामा कुण्ठित भएर रहेको भएता पनि ०६२/६३ को जनआन्दोलन पश्चात त्यो सतहमा आउन थाल्यो ! हामीले समस्याको रुपमा ठुलो संकट आउनु पुर्ब नै त्यसलाई समाधान गर्नु बुद्दिमानी हुन्छ ! यस सम्बन्धमा हामी सबैले बुझ्नु पर्ने कुरा यो छ की बराबरी अधिकार उपयोग गर्न दिदा हैन , जातीय उत्पीडन भयो भने देश भित्र बिद्रोह हुन्छ र त्यसले देश बिखन्डन हुन्छ ! साचो संघीय ब्यबस्थामा त देशको राज्यशाकि साझेदारी हुने तथा बिबिधताको संबिधान हुने भएकोले राष्ट्रिय एकता झन मद्बुद हुन्छ !!

(Article by Gopal Tamang, Image by Saroj Ray)

सबैले सेयर गरौ र चारैतिर ज्ञान फैलाउ !!

Related Links

1. Reality of Federalism (Part-1 ) 
2. Facebook Version (Part-1) (Part-2)

0 comments:

Post a Comment

Pages

Sample Text

Powered by Blogger.

Recent Posts

Download